काठमाडौं । दक्षिण अफ्रिका कोरोनाको नयाँ भेरियन्ट फेला परेको दाबी गरिएको छ ।
वैज्ञानिकहरुले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरेको भएपनि कति घातक छ भनेर अनुसन्धान भइरहेको जनाइएको छ । सि.१.२ नामक उक्त भेरियन्ट पहिलो पटक गत मे महिनामा भेटिएको थियो । नयाँ भेरियन्ट दक्षिण अफ्रिकी प्रान्तसहित अफ्रिका, युरोप, एसिया र ओसेनिया क्षेत्रमा फैलिएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।




