विश्व

वेलायतद्वारा अफगानिस्तानबाट १५ हजार बढिको उद्धार

काठमाडौ । वेलायतले अफगानिस्तानबाट १५ हजार बढि नागरिकको उद्धार गरेको छ ।

वेलायती सुरक्षा मन्त्रालयले अगष्ट १३ देखि उद्धारको काम शुरु गरेको र शनिबारसम्म १५ हजार बढिको उद्धार भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार ८ हजार बढि अफगानी नागरिकको उद्धार भएको हो ।

जोखिममा रहेका अफगानी नागरिकसँगै वेलायती नागरिकको उद्धार गरेको जनाएको छ ।

बेलायतले गत शनिबारबाट उद्धारको काम रोकेको थियो । विद्रोही तालीवानीले सत्ता कब्जा गरेपछि त्यहाँ रहेका विदेशी नियोगहरु बन्द हुने अबस्थामा पुगेका छन् भने काबुलमा रहेका विदेशी सेनालाई मंगलबारसम्म अफगानिस्तान छाड्न चेतावनी दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *