विश्व

उत्तर कोरियाले परमाणु कार्यक्रम फेरी शुरु गरेको आशंका

एजेन्सी । संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले आफ्नो परमाणु रियाक्टर कार्यक्रलाई पुनः सुरु गरेको आशंका व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीको रिपोर्टले उत्तर कोरियाले गत जुलाईको सुरुवातदेखि रियाक्टरको कार्यक्रम शुरु गरेका आशका गरेको हो ।

यसअघि सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भेटवार्ता पछि उत्तर कोरियाले आफ्ना गतिविधि रोक्ने सहमति गरेको थियो । तर अहिले फेरी शुरु गरेको आशंका उत्पन्न भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *