विश्व

काबुलमा आत्मघाती हमलाकारीमाथि आक्रमण गरेको अमेरिकी दाबी

काठमाडौं । अमेरिकाले अफगानिस्तानको राजधानी काबूलनजिकै ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको कारलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको छ । अमेरिकी ड्रोनले आत्मघाती बम आक्रमणकारीहरुलाई लक्षित गर्दै हमला गरेको अन्तराृष्ट्रिय समाचार माध्यमहरुले जानकारी दिएका छन् ।

काबुलस्थित एक सवारी साधनमा ड्रोन आक्रमणको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेको विविसीले जनाएको छ ।

काबुलमा रहेको अमेरिकी दुतावासले विमानस्थल आसपासको क्षेत्रमा अझै पनि विस्फोटको खतरा रहेको भन्दै आफ्ना नागरिकलाई विमानस्थलनजिक नजान निर्देशन दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *