विश्व

जापानले मोडेर्नाको खोप प्रयोग स्थगित

काठमाडौँ । जापानले अमेरिकी खोप मोडेर्नाको कोरोनाविरुद्धको खोपलाई रोक लगाएको छ ।

जापानको ओकानावा प्रान्तमा खोप लगाउने तयारी भैरहेको बेला दुवै डोज लगाएका दुइ युवाको मृत्यु भएपछि मोडेर्नाको खोप लगाउने कार्य स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको हो ।

करिब १६ लाख डोज खोप लगाउन ८ सय भन्दा बह्दी केन्द्रमा वितरण समेत भैसकेको अवस्थामा खोप अभियान स्थगित भएको बताइएको छ ।

करिब ३० बर्षका ति दुइ युवा खोप लगाएका कारणले नै मृत्यु भएको भन्ने विषय भने प्रमाणित नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यस विषयमा अनुसान्धान गरिरहेको जनाएको छ । यस घटनाको मोडेर्नाले पनि अनुसन्धान गरिरहेको बताएको छ ।

जापानमा अहिलेसम्म १४ लाख ३४ हजारलाई कोरोना संक्रमण भएको छ भने अहिलेसम्म १५ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु भैसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *