विश्व

मसँग जेल, मृत्यु र चुनाव जित्ने तीन मात्र विकल्प छन्- राष्ट्रपति बोलसोनारो

काठमाडौँ । ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले आफूसँग जेल मृत्यु र चुनाव जित्ने बाहेक अन्य विकल्प नरहेको बताएका छन् दक्षिणपन्थी नेताको छबी बनाएका राष्ट्रपति बोलसोनारोले आगामी दिनमा आफूसँग केब ल्तीं विकल्प रहेको बताएका हुन् ।

उनले भने- ‘भविष्यका लागि मसँग तीन विकल्प छन् । या त म गिरफ्तार हुने छु, या म मारिन सक्छु या चुनाव जितेर फेरी राष्ट्रपति बन्न सक्छु ।’

राष्ट्रपति बोलसोनारोले तीन विकल्प रहेपनि आफुअलाई गिराफ्तार भने कसैले गर्न नसक्ने बताए । उनले आफुलाई हिरासतमा लिने पृथ्वीमा नरहेको भन्दै कसैले पनि आफुअलाई डराउन नसक्ने बताएका छन् ।

२०१८ को राष्ट्रपति चुनावमा प्रचारको समयमा चक्कुले हमला गरेर उनलाई मर्ने प्रयास भएको थियो ।

राष्ट्रपति बोलसोनारोको यो बयानले ब्राजिलमा उनको निर्वाचन आयोग र अदालतसँग विवाद भइरहेको बेला आएको छ ।

अहिले भैरहेका पोल र लोकप्रियतामा बोलसोनारो पुर्व रहस्त्र्पति लुइस उनासियो लुला डा सिल्भा भन्दा पछि रहेको बताइएको छ ।

६६ बर्षिय बोलसोनारोले आउदो बर्ष अक्टोबरमा हुने आम निर्वाचनमा जित हासिल गर्न सक्ने पनि अनुमान गरिएको छ ।

राष्ट्रपति बोलसोनारोले इलेक्ट्रोनिक भोटिंग सिस्टममा प्रश्न उठाउदै आएका छन् भने चुनावको नतिजा बहिष्कार गर्न सक्ने चेतावनी पनि दिएका छन् ।

शनिबार धार्मिक नेताहरुसँग भएको छलफलमा राष्ट्रपति बोलसोनारोले राजनीतिक टकरावबाट आफु पछि नहट्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *