विश्व

अफगानिस्तानबाट १ लाख १७ हजारको उद्धार

काठमाडौं । काबुलमा भएको आत्मघाती विस्फोटपछि १ लाख १७ हजार मानिसको उद्धार गरिएको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी सेनाका अनुसार अफगानिस्तानबाट अहिलेसम्म १ लाख १७ हजार बढिको उद्धार भएको जनाएको हो ।

मेजर जनरल विलियम टेलरका अनुसार शनिबार मात्रै ६६ वटा उडानमार्फत् ६ हजार ८ सयको उद्धार भएको छ । अरु ३ सय ५० अमेरिकी नागरिक भने उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।

बेलायतले भने उद्धारको काम रोकेको छ । अमेरिकालाई तालिवानले अगष्ट ३१ भित्र देश छाड्न चेतावनी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *