विश्व

वेलायतले रोक्यो काबुलबाट हुने उद्धार

काठमाडौं । अफगानिस्तानको काबूलमा भएको आत्मघाती आक्रमणपछि बेलायतले उद्धारको कार्य रोक्ने निर्णय गरेको छ ।

काबुल आक्रमणपछि बेलायतले शनिबारदेखि उद्धारको काम रोकेको हो । यसअघि काबुलमा रहेका बेलायती र अफगान नागरिकहरुलाई अगष्ट ३१ सम्म उद्धार गर्ने जनाएको बेलायतले जारी राख्ने बताएको थियो । तर वेलायती सेना प्रमुखले अब उद्धारको काम रोकेको जानकारी दिएको विविसीले जनाएको छ ।

विविसीका अनुसार बेलायतले अफगानिस्तानबाट १४ हजार मानिसको उद्धार गरेको भएपनि एक हजार एक सय अफगानीको भने उद्धार गर्न नसक्ने भनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *