काठमाडौं । अफगानिस्तानको काबूलमा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ । बिहिबार साँझ भएको विस्फोटमा परी १३ अमेरिकी सैनिक १ सय १० जनाको मृत्यु भएको हो ।
विष्फोटमा परी १ सय २० घाइते भएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विस्फोटमा संलग्न दोषीसँग बदला लिने चेतावनी दिएका छन् । काबुल विष्फोट गराउनेलाई कहिल्यै माफी नदिने र अमेरिकाले यसको बदला लिएरै छोड्ने राष्ट्रपति वाइडेनले चेतावनी दिएका छन् ।




