काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सदस्यहरुमाथि मुद्दा दर्ता भएको छ ।
गत जनवरी ६ मा क्यापिटल प्रहरीमाथि आक्रमण गरिएको अभियोगमा पूर्वराष्ट्रपति ट्रम्प र उनका समर्थकहरु, रिपब्लिकन पार्टीका पूर्व अध्यक्ष रोजर स्टोन र पार्टीका सदस्यहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।
क्यापिटल प्रहरी अधिकारीहरुले बिहीबार वासिङटन डिसीस्थित फेडरल कोर्टमा मुद्दा दर्ता गराएका हुन् ।
२०२० नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपतीय चुनावको परिणाम सार्वजनिक हुनै लागेका बेला गत जनवरी ६ मा ट्रम्पको समर्थकहरुले ह्वाइट हाउसनजिकै निकालेका ¥यालीले हिंसात्मक रुप लिएको थियो ।




