विश्व

काबुल बम हमला : ४ अमेरिकी सैनिकको मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी ४ अमेरिकी नौसैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी रक्षा मन्त्रालयले समेत अमेरिकी सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेको छ । तर कतिजनाको हताहत भयो भनेर सार्वजनिक गरेको छैन ।

काबुल विमानस्थलको गेटनजिकै भएको विस्फोटमा परेर ४ अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भएको जनाइएको छ । बम हमलामा परी झण्डै ६० बढि घाइते भएका छन् । बम हमलाको कुनै पनि समुहले अहिलेसम्म जिम्मा नदिएको भएपनि इश्लामिक स्टेटले हमला गराएको हुनसक्ने आशंका गरिएको छ ।

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिवानले भने अमेरिकी नियन्त्रणमा रहेको क्षेत्रमा बम विस्फोट भएको भन्दै अमेरिका नै जिम्मेवार रहेको भनेको छ । उसले तत्काल विमानस्थल छाड्न चेतावनी समेत दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *