भारत । भारतमा कोभिड–१९ संक्रमितको संख्या आइतबारसम्म तीन करोड २४ लाख २४ हजार २ सय ३४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
भारतभर विगत २४ घण्टाको समयमा ३० हजार ९ सय ४८ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ । साथै शनिबार बिहानदेखि २४ घण्टाको अन्तरालमा कोभिड–१९ संक्रमित थप ४०३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुने कोभिड–१९ संक्रमितको संख्या चार लाख ३४ हजार ३ सय ६७ पुगेको छ ।
विगत २४ घण्टाको अवधिमा अघिल्लो दिनभन्दा सात हजार ९ सय ४२ कोभिड–१९ संक्रमित थपिएका छन् भने संक्रमित रहेको कूल व्यक्तिको संख्या अझै तीन ५३ हजार ३ सय ९८ छ ।
भारतमा पछिल्लो १ सय ५३ दिनमा सक्रिय संक्रमितको संख्या सबैभन्दा कम बनेकोसंघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हालसम्म तीन करोड १६ लाख ३६ हजार व्यक्ति कोभिड संक्रमणपछि निको भएका छन् । विगत २४ घण्टामा निको भई अस्पतालबाट घर फर्किएका विरामीको संख्या ३८ हजार ४ सय ८७ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमण निको हुने व्यक्तिको संख्या दर बढेर ९७.५७ प्रतिशत पुगेको छ र यो दर सन् २०२० मार्चपछि पहिलो पटक सबैभन्दा बढी हो ।




