काठमाडौं । अफगानी शरणार्थीको प्रवेश रोक्नका लागि ग्रीसले टर्कीसँगको सीमामा पर्खाल निर्माण गर्ने भएको छ ।
विविसीका अनुसार अफगानी शरणार्थीलाई आफ्नो देश प्रवेशमा रोक लगाउन ग्रीसले ४० किलोमिटर लामो पर्खाल निर्माण गर्ने निर्णय गरेको हो ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिससँग टेलिफोन कुराकानी गर्दै अफगानी शरणार्थी संख्यामा अचानक वृद्धि हुनु सबैका लागि गम्भीर चुनौती रहेको बताएकै दिन ग्रीसले पर्खाल निर्माण गर्ने तयारी थालेको हो ।




