काठमाडौं । अफगानिस्तानमा नयाँ सरकारको गठनका लागि सत्ता कब्जा गरेको विद्रोही तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुगेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तालिबानका एक वरिष्ठ अधिकारीले बरादर काबुल पुगेको पुष्टि गरेको जनाइएको छ ।
अगष्ट १५ मा तालिवानले अफगानिस्तान कब्जा गरेपछि सरकार गठनका लागि उनी राजधानी काबुल पुगेको जनाइएको छ ।
बरादरलाई सन् २०१० मा पाकिस्तानबाट पक्राउ गरिएको थियो । सन् २०१८ मा उनलाई कतार पठाइएको थियो ।




