बेइजिङ । चीनमा एक दम्पतिले तीन सन्तान जन्माउन सक्ने भएका छन् । सरकारले शुक्रबार थ्री-चाइल्ड पोलिसीलाई आधिकारिक मान्यता दिएको छ । जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो ।
साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा, दिक्षा, पालन र पोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्दत पनि गर्ने भएको छ ।
वान चाइल्ड पोलिसी लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सकेको छ ।




