क्वालालम्पुर । मलेशियाको प्रधानमन्त्रीमा इस्माइल साबरी याकुव नियुक्त भएका छन् ।
त्यहाँका राजा अब्दुल्ला सुल्तान अहमद शाहले उनलाई मलेशियाको प्रधानमन्त्रमिा नियक्त गरेका हुन् । संसदमा बहुमत गुमाएसँगै यसअघिका प्रधानमन्त्री मुहिद्दिन यासिनलेले गत सोमवार राजीनामा दिएका थिए । इस्माइल यसअघि मुहिद्दिन यासिनको सरकारमा उप प्रधानमन्त्री थिए ।




