विश्व

युएईको शरणमा पुगेपछि घानीले भने– हिंसा हुन नदिन देश छाडें

काठमाडौँ । तालिबानी विद्रोहीले राजधानी काबुलसहित देशका सबै भूभाग कब्जा गरेपछि देश छाडेर भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मुलुकमा रक्तपात हुन नदिन देश छोडेको बताएका छन् ।

तालिबानी विद्रोहीले राजधानी काबुल कब्जा गरेकै बेला घानी गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ भागेका थिए ।

अहिले संयुक्त अरब इमिरेट्सको शरणमा पुगेका घानीले अफगानिस्तान छोपछि पहिलोपटक धारणा सार्वजनिक गर्दै उनले आफूले देशमा रक्तपात हुने देखेर नै त्यसबाट बचाउनका लागि देश छोडेर हिँडेको बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *