विश्व

लण्डनमा अनसनरत भुतपूर्व गोर्खा सैनिकले अनसन तोडे

काठमाडौं । वेलायती सरह पेन्सन लगायतका अन्य सुविधाको मागसहित बेलायतमा आमरण अनसन बसिरहेका भूतपूर्व गोर्खा सैनिकले अनसन तोडेका छन् ।

अनसनको १३ औं दिनमा अनसनरत भुतपूर्व गोर्खा सैनिकले गोर्खाको मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडेको बीबीसीले जनाएको छ ।

बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अनसनस्थल पुगेर अनसनमा रहेका भुतपर्व गोर्खा सैनिकलाई जुस पिलाएर अनसन तोडाइएको हो । विविसीका अनुसार वेलायती रक्षा मन्त्रालयका अधिकारीहरुले लण्डनस्थित नेपाली राजदुत र अनसनरत समुहसँग आगामी महिनामा छलफल गर्नेछन् ।

यसअघि मङ्गलवार अनसनमै बसिरहेका बेला स्वास्थ्य बिग्रेपछि भूतपूर्व गोर्खा सैनिक धन गुरुङलाई अस्पताल लगिएको थियो । उनको स्वास्थ्यमा केही सुधार आएपछि बुधवारदेखि उनी पुनः अनशनमा बसिरहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *