विश्व

तालिबानले अफगान सरकारी अधिकारीलाई ‘आम माफी’ दिने घोषणा, काममा फर्कन आग्रह

तालिबानले सबै सरकारी कर्मचारीलाई आममाफी लिने घोषणा गर्दै उनीहरुलाई पूर्ण विश्वासका साथ काममा फर्किन आग्रह गरेको छ ।

साथै, महिलालाई आफ्नो सरकारमा समावेश हुन आग्रहसमेत गरेको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक बयान जारी गरेर भनेको छ, ‘सबैका लागि एक आममाफी घोषणा गरिएको छ । त्यसैले तपाईंहरु पूर्ण विश्वासका साथ नियमित दिनचर्या सुरु गर्न सक्नुहुन्छ ।’

यो घोषणा यस्तो समयमा आएको हो जब अमेरिकी सेनाका लागि काम गरिसकेका अनुवादक, पश्चिमी देशद्वारा समर्थित संस्थाका कर्मचारी र सरकारी कर्मचारीले अब तालिबानले आफूहरुसँग बदला लिने हो कि भन्ने डरमा थिए ।

तालिबान बर्बर सजाय दिनका लागि परिचित छ र उनीहरुमाथि युद्ध अपराध गरेको आरोप छ जसलाई उनीहरु लगातार खण्डन गर्ने गर्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *