काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलमा गोली लागेर ३ जनाको मृत्यु भएको छ । वाल स्ट्रिट जर्नलको समाचार उद्धृत गर्दै बीबीसीले ३ जनाको गोलाबारीमा मृत्यु भएको जनाएको छ । यद्यपी, कसले गोली चलायो भन्नेचाँही उल्लेख गरिएको छैन ।
यसअघि मुलुक छाड्नेको ठूलो भीड देखिएको सो विमानस्थलमा अमेरिकी सेनाले हवाई फायर गरेको थियो । विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ।




