विश्व

मोदीको यो निर्णयप्रति पाकिस्तानको कडा प्रतिक्रिया

१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयको पाकिस्तानले कडा आलोचना गरेको छ । पाकिस्तानले १४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाउँदै छ ।

भारतको सो निर्णयप्रति कडा प्रतिक्रिया जनाउँदै पाकिस्तानी विदेश मन्त्रालयले यसलाई लज्जास्पद भनेको छ। धेरै पाकिस्तानीले यसको चर्को आलोचना गरेका छन् । सो निर्णयको भारतमै पनि चर्को आलोचना भैरहेको छ ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै देश विभाजनको पीडाबाट गुज्रिएका जनताको सम्झनामा १४ अगस्टमा ‘विभाजन विभीषिका स्मृति दिवस’ मनाउने बताएका थिए। प्रधानमन्त्री मोदीले भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा रातो किल्लाबाट देशलाई सम्बोधन गर्दा यही कुरा दोहोर्याएका छन्। बीबीसी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *