विश्व

लिबियाबाट ८४ नाइजेरियाली कैदीलाई मुक्त

त्रिपोली। लिबियाको कारागारमा रहेका ८४ जना नाइजेरियाली कैदीलाई रिहा गरिएको छ ।

न्याय मन्त्रालयले शुक्रवार दिएको जानकारीअनुसार ती कैदीलाई उनीहरूका बच्चासहित रिहा गरिएको हो । रिहा भएका ती कैदीलाई उनीहरूकै देश नाइजेरिया फिर्ता पठाएको अधिकारीले जनाएका छन् ।

अदालतको आदेशबाट रिहा भएका यी सबैलाई लिबियाबाट निकालिएको मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । सबै कानुनी प्रक्रिया पछ्याउने जिम्मा पाएका टोलीले नै उनीहरूलाई देश निकाला गरेको जनाइएको छ ।

अवैध आप्रवासी वा आपराधिकरुपमा दोषी ठहरिएका सबैलाई उनीहरूकै देश फर्काइएको अधिकारीले जानकारी दिएका छन् । दुवै देशका अधिकारीको उपस्थितिमा उनीहरूलाई आफ्नै देश फिर्ता पठाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *