विश्व

भारतको नयाँ दिल्लीमा भोलिदेखि लकडाउन हट्ने, स्कुल र मनोरञ्जन क्षेत्र बन्द

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा भोलि (सोमबार) देखि लकडाउन हट्ने भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमण नियन्त्रणमा आउन लागेकाले सोमबारदेखि लकडाउन पूर्ण रूपमा हटाइने घोषणा गरेका हुन् ।

विगत २४ घन्टामा दिल्लीमा २१३ जना नयाँ संक्रमित देखिएका छन् । यो अवधिमा मृत्यु हुनेको संख्या २५ छ ।

दिल्लीमा सोमवारदेखि सबै मार्केट, मल, रेस्टुरेन्ट खुल्ने छन् । तर, स्कूल, कॉलेज, स्वीमिंग पुल, स्पा सेंटर बन्द नै रहने मुख्यमन्त्री केजरीवालको भनाइ छ ।

उनका अनुसार शिक्षण संस्थान, सामाजिक, राजनीतिक, खेल, मनोरन्जन, सांस्कृतिक, धार्मिक सभा, स्विमिंग पूल, स्टेडियम, स्पोर्ट कॉम्प्लेक्स, सिनेमा, थियेटर, इन्टरटेनमेन्ट पार्क, बैंक्वेट, ऑडिटोरियम, स्पा, जिम, पब्लिक पार्क और गार्डन पूरै बन्द रहनेछन् । खुलेका क्षेत्रमा पनि ५० प्रतिशतलाई मात्र अनुमति दिइएको छ । स्वास्थ्य मापदण्ड भने अनिवार्य लागू गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *