एएनआई । बिहारका मुख्य सचिव अरुण कुमार सिंहको कोभिड–१९ को सङ्क्रमण पछि स्वास्थ्यमा देखिएका जटिलताको कारण पटनाको एक अस्पतालमा शुक्रबार निधन भएको छ ।
सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का जो वरिष्ठ अधिकारी थिए। कोरोनाभाइरस परीक्षणमा उहाँमा सङ्क्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा नै निधन भएको बिहारका मुख्यमन्त्री नीतिश कूमारले बताए ।
जनता दल युनाइटेडका सर्वोच्च नेता कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि उनी यसै बर्षको फेब्रुअरीमा बिहारको मुख्य सचिवका रूपमा नियुक्त भएका थिए।
सन् १९८५ मा अधिकृतमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा लगिएको थियो ।
बिहारमा हाल एक लाख ८८२ जना कोभिड–१९ को सक्रिय सङ्क्रमित रहेका छन् भने भारतीय यस राज्यमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका कारण दुई हजार ४८० व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतले बिहीबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख ८६ हजार ४५२ पुगेका, तीन हजार ४९८ को मृत्यु भएको छ । बिहीबार कोभिड–१९ सङ्क्रमित करिब तीन लाख सङ्क्रमणमुक्त भएका छन् ।




