काठमाडौँ । भारतीय नेशनल काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ ।
राहुलले आफुलाई सामान्य लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी गराएका छन् ।
भारतमा महामारीको रुपमा कोरोना फैलिएपछि उच्च तहका नेताहरुपनि कोरोनाको चपेटामा आउनेक्रम जारी रहेको छ ।
सोमबार मात्र काँग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई पनि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । त्यस्तै केहि दिन अघि भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ, पूर्व मुख्यमन्त्री अखिलेस यादवसमेत कोरोना संक्रमित भएका छन् ।




