विश्व

भारतको महाराष्ट्रमा १५ दिने कोरोना कर्फ्यु

भारतको महाराष्ट्र राज्यमा कोरोना संक्रमण तीब्र बन्दै गएपछि १५ दिने कर्फ्यु लागु गरिएको छ ।

महाराष्ट्र राज्य कोरोनाको हटस्पट बनेको भन्दै त्यहाँको राज्य सरकारले आजदेखि लागु हुनेगरी कर्फ्यु लागु गरेको हो ।

मराराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजबाट लागु हुनेगरी १५ दिनका लागि कोरोना कर्फ्यु लागु गरिेने जानकारी दिए ।

महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको मुख्यमन्त्री ठाकरेको भनाइ छ ।

कोरोना कर्फ्यु अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र पूर्ण रुपमा बन्द रहने छ ।

यसकासाथै महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् । भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बृद्धि भैरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १ सय बढी नयाँ संक्रमितहरु थपिएका छन् ।

यसअघि ११ अप्रिलमा सर्वाधिक १ लाख ६९ हजार नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १लाख ६० हजार नाघेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *