विश्व

नर्वेली प्रधानमन्त्रीलाई २ लाख ८० हजार जरिवाना

नर्वेका पधानमन्त्री एर्ना सोलवर्गलाई प्रहरीले जरिवाना गरेको छ । कोरोनाभाइरस रोकथामका लागि लागु गरिएको नियम उल्लंघन गरेबापत उनलाई जरिवाना गरेको हो ।

समाचार अनुसार उनले शुक्रबार आफ्नो जन्मदिन मनाउन पारिवारिक भेला आयोजना गरेकी थिइन् । सोही क्रममा प्रधानमन्त्रीलाई सामाजिक दूरीको नियम उल्लंघन गरेको आरोपमा जरिवाना तोकिएको जनाइएको छ ।

प्रधानमन्त्रीलाई २० हजार नर्वेजियन क्रोन ९झन्डै २ लाख ८० हजार रुपैयाँ० जरिवाना लगाइएको नर्वे प्रहरीले जनाएको छ । भाइरस संक्रमणमा व्यापक वृद्धि भएपछि नर्वेले कडा प्रतिवन्धहरु लागु गरेको छ । त्यहाँ १० जनाभन्दा बढी व्यक्तिलाई सार्वजनिक स्थानमा भेला हुन रोक लगाइएको छ ।

नियम उल्लंघन गरेपनि उनका पति र रेष्टुरेन्टलाई भने जरिवाना गरिएको छैन । कोभिड रोकथामका लागि मापदण्ड कार्यान्वयन गर्नुपर्ने अग्रणी नेतृत्वले नै नियम उल्लंघन गरेपनि जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ ।

१० जनाभन्दा बढी उपस्थित हुन नपाइने नियम भएपनि प्रधानमन्त्रीको जन्मदिनमा १३ जना उपस्थित भएको पाइएपछि कानुनअनुसार जरिवाना गर्नुपरेको प्रहरीको भनाई छ । प्रहरीले कानुनको सामु कोही पनि ठूलो सानो नहुने भन्दै कानून सबैलाई बराबर हुने जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *