विश्व

बेलायती रानीका श्रीमान् युवराज फिलिपको निधन

बेलायतकी रानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको निधन भएको छ।

९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको शुक्रबार बकिङ्घम प्यालेसले जनाएको छ। उनको शुक्रबार बिहान निधन भएको हो।

फिलिप र एलिजवेथबीच सन् १९४७ मा विवाह भएको थियो। पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।

फिलिप र एलिजावेथका ४ छोराछोरी छन्। उनीहरूका ८ नाति-नातिनी र १० पनाति-पनातिनी छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले फिलिप्सको निधनमा दुस्ख व्यक्त गर्दै उनको अदभूत जीवन र कामका लागि राष्ट्रका तर्फबाट धन्यवाद दिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *