विश्व

ताइवानमासुरुङमार्गमा रेल दुर्घटना हुदा ३६ जनाको मृत्यु, ७२ भन्दा बढी यात्रु घाइते

ताइवान । ताइवानमा रेल दुर्घटना हुदा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
उत्तर हुलियनबाट ३५० यात्रु बोकेको रेल पुर्वी ताइवानको ताइतुङ भन्ने स्थानमा जाने क्रममा शुरुङमार्ग मै दुर्घटनामा परेको हो । दुर्घटनामा परी ७२ भन्दा बढी यात्रु घाइते भएको छन् । सुरुङमार्गमानै रेल दुर्घटना भएपछि यात्रुहरु झ्यालाबाट हाम फाली केहीले ज्यान बचाएको अन्तरष्ट्रिय समाचार माध्याम बिबिसिले उल्लेख गरेको छ । अधिकासं घाइतेहरुको अवस्था चित्ताजनक रहेको बताइएको छ । राष्ट्रिय आपतकालिन उद्धार केन्द्रले घाइतेहरुको उद्धारमा समेत समस्या भएको बताइएको छ । ताइवानका यातायात मन्त्री लिन चि लुङले दुघटना यो दशककै खराब र ठुलो दुघटना भएको बताएका छन् । सुरुङमार्गमा फसेकाहरुको उद्धारको प्रयास भइरहेको बताएका छन् । ताइवानको बिशेष पर्ब मनाउन हिडेको यात्रुहरु दुर्घटनामा परेको हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *