विश्व

बिश्वका राष्ट्रप्रमुखद्धारा भबिष्यमा हुने महामारी बिरुद्ध जुध्न अन्तराष्ट्रिय सन्धि आह्वान


ब्रिटेन, फ्रान्स, जर्मनी लगायतका बिश्वका २० भन्दा बढी देशका नेताहरुले भबिष्यमा हुने बिश्वब्यापी महामारीहरुसंग जुध्ने तयारीका लागी एउटा अन्तराष्टिय सन्धि गर्न आह्वान गरेका छन ।
बिश्वका बिभिन्न समाचारपत्रहरुमा प्रकाशित लेखमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्समा राष्ट्रपति माक्रों , जर्मनीकी चान्सन्सलर एङगेला मर्केलसहित नेताहरुले कोभिडको द्रोस्रो विश्वयुद्धयता दुनियाका सामु सबैभन्दा ठुलो चुनौती खडा गरिदिएका टिपणी गरेका छन् । उनीहरुको अनुसार यस्तै प्रकृतिको अर्को बिश्वव्यापी महामारी होला कि नहोला भन्दा नि भबिष्यमा कहिले होला भन्ने अवस्था छ । वर्तमान महामारीले बिश्वका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहदैन भन्ने पाठ सिकाएको पनि उल्लेख गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *