विश्व

नेदरल्यान्ड्समा पनि एस्ट्राजेनेकाको खोप लगाउने अभियान स्थगित

काठमाडौँ । एस्ट्राजेनेकाले बनाएको कोरोनाको खोपको असर देखिएको भन्दै नेदरल्यान्ड्सले पनि खोप अभियान स्थगित गरेको छ ।

एस्ट्राजेनेकाको खोपको साइड इफेक्ट बारे सतर्कता अपनाउदै खोप अभियान स्थगित गर्ने नेदरल्यान्ड्स पछिल्लो देश हो ।

युरोपियन युनियन र विश्व स्वास्थ्य संगठनले एस्ट्राजेनेकाको खोपबाट कुनै प्रकारको रगतको थक्का देखिने असर नरहेको स्पष्ट गरेपनि युरोपका धेरै जसो देश यसबाट विश्वस्त हुन सकेका छैनन् ।

अहिलेसम्म बेलायत र युरोपियन युनियनमा १७ मिलियन भन्दा बढीले एस्ट्राजेनेकाको खोप लगाइ सकेका छन् ।

एस्ट्राजेनेकाले गत साता खोप लगाएका ४० जना जातिमा रगतको स-सानो थक्का जमेको भेटिएको बताएको थियो ।

नेदरल्याण्डको सरकारले देशमा यस्तो के भेटिएर नभै सतर्कता अपनाउन खोप अभियान स्थगित गरेको जनाएको छ ।

यसअघि डेनमार्क र नर्वेमा खोप लगाएपछि रगतको स-सानो थक्का जमेको पाइएको रिपोर्ट पहिला आएको थियो ।

अहिलेसम्म आइरिस रिपब्लिक, डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड, कंगो र थाइल्याण्डले खोप अभियान स्थगित गरेका छन् ।

त्यस्तै इटाली र अस्ट्रियाले पनि निश्चित ब्याचका खोपलाई प्रयोग नगर्ने जानकारी दिएका छन् ।

धेरै देशले खोप अभियान स्थगित गर्न थालेपछि युरोपियन मेडिकल एसोसियसनले रगत जम्ने घटनाको थप छानबिन गर्ने बताएको छ ।

युरोपियन मेडिसिन्स एजेन्सीले खोप लगाएर रगतको थक्का जमेको भन्ने कुनै प्रमाण नदेखिएको स्पष्ट गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *