विश्व

ट्रम्पले नयाँ दल नखोल्ने, २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नै पार्टीबाट उम्मेदवार हुनसक्ने बताएका छन्।

ह्वाइट हाउसबाट बाहिरिएपछिको पहिलो प्रमुख राजनीतिक सम्बोधनमा उनले त्यस्तो बताएको बीबीसीले उल्लेख गरेको छ । उनले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फ्रेन्सलाई फ्लोरिडामा सम्बोधन गर्दै नयाँ पार्टी खोल्ने कुनै योजना नभएको उल्लेख गरे।

सीमा सुरक्षा र आप्रवासनबारेको आफ्ना कडा नीति उल्टाउने जो बाइडनको प्रशासनको कडा आलोचक बन्न उनको आग्रह थियो। उनले फेरि पनि नोभेम्बरको चुनावको वास्तविक विजेता आफू रहेको दाबी दोहर्‍याए। ट्रम्पले राष्ट्रपतिको रूपमा बाइडनको पहिलो महिना निकै विध्वंसक रहेको टिप्पणी गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *