काठमाडौँ । जापानमा बढ्दै गएको आत्महत्या र मानसिक रोगलाई सम्बोधन गर्न एक्लोपन मन्त्रालय खडा गरिएको छ ।
जापान सरकारले कोरोना महामारीसँगै देशमा आत्महत्या गर्नेको संख्या बढेपछि यसलाई सम्बोधन अग्रण मिनिस्टर अफ लोन्लीनेस अर्थात एक्लोपन निराकरण गर्ने मन्त्री नियुक्त गरेको हो ।
कोरोनाका कारण मानिसहरु बेरोजगार बन्ने, व्यवसाय डुब्ने, आफन्तको ज्यान जाने यस्तै यस्तै कारणले आत्महत्या गर्नेको संख्या जापानमा निकै बढेको छ । यसको निराकरणको लागि सरकारले एक्लोपन निराकरण मन्त्रालयको गठन गरेर प्रधानमन्त्री योशिहीदी सुगाले टेटसुशी साकामोटोलाई मन्त्रीमा नियुक्त गरेका छन् । साकामोटोलाई जापानमा घट्दो जन्मदरलाई व्यवस्थित गर्ने जिम्मेवारी समेत दिएको छ । योसँगै साकामोटो जापानको पहिलो एक्लोपन निराकरणमन्त्री बनेका छन् ।
यसअघि बेलायतले पनि २०१८ मा एक्लोपन निराकरण गर्ने मन्त्री नियुक्त गरेको थियो ।
जापानमा गत अक्टोबरमा मात्र लगभग ८८० महिलाले आत्महत्या गरेको सरकार आँकडा रहेको छ ।
त्यस्तै जापानमा अहिलेसम्म ४ लाख २६ हजार बह्दना बढी कोरोना संक्रमित भएका छन् भने ७ हजार ५ सय भन्दा बढीको मृत्यु भयेक ओछ ।




