विश्व

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको संख्या बढ्दै गएको छ ।


सोमबार बिहानसम्ममा ब्राजिलमा कोरोना भाइरसबाट कम्तीमा पनि २ लाख ४६ हजार ५०४ जनाको ज्यान गएको छ ।

ब्राजिलका नागरिक सङ्क्रमणबाट मृत्यु हुनेको संख्यामा २ लाख ५० हजारको नजिक पुगेको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् सोमबार बिहानसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४६ हजार ५०४ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलमा गत २४ घन्टामा ५२७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो मृत्यु धेरै त होइन तर पनि यहाँ मृत्यु हुनेको संख्या भने उल्लेख्य रुपमा घट्न सकेको छैन ।

त्यसैगरी गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि २९ हजार जनामा संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत सातासम्म यहाँका कोरोना सङ्क्रमितको संख्या ५० हजार नाघेको बताइएको थियो तर अहिले भने यो संख्या घट्दै गएको छ ।

दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका १ करोड १६ लाखभन्दा बढी नागरिक सङ्क्रमित फेला परिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *