अस्ट्रेलियामा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिएको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाविरुद्धको खोप लगाएर अभियानको शुरुवात गरेका छन् ।
प्रधानमन्त्री मोरिसनले खोप लगाएको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।
आइतबार प्रधानमन्त्री मोरिसनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य सेवाका उच्च अधिकारीहरुले खोप लगाएका छन् । प्रधानमन्त्री मोरिसनले खोप बारे जागरुकता फैलाउन र मानिसहरुलाई खोप लगाउन प्रेरित गर्न आफैबाट शुरुवात गरेको बताएका छन् ।
अस्ट्रेलियामा पहिलो खोप भने ८५ बर्षिय जाने मलयसियकलाई लगाइएको मिडिया रिपोर्टमा बताइएको छ ।
अस्ट्रेलियाले फाइजरको भ्याक्सिन भित्रिएसँगै सोमबारदेखि खोप अभियानको शुरुवात हुने बताइएको छ । त्यस्तै अस्ट्रेलियाले अघिल्लो साता मात्र अक्सफोर्ड र एस्ट्राजेनेकाको खोपलाई पनि प्रयोगको अनुमति दिएको छ ।
यस साता मात्र करिब ६० हजारलाई फाइजरको खोप लगाइने सरकारले तयारी गरेको बताइएको छ ।
पहिलो चरणमा अस्ट्रेलियामा ७ लाख फ्रन्टलाइन वर्कर, सुरक्षाकर्मि र होम केयरमा काम गर्नेलाई खोप दिने सरकारले बताएको छ ।




