विश्व

चीनद्वारा एक वर्षपछि भारतीय सेनासँगको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको स्वीकार

एजेन्सी । चीनले एक वर्षपछि गलवानमा भारतीय सेनासँगको झडपमा आफ्ना चार सैनिकको मृत्यु भएको स्वीकार गरेको छ ।

सो झडपमा भारतका २० सैनिक मारिएका थिए । ग्लोबल टाइम्सका अनुसार चीनको केन्द्रीय सैनिक आयोगले काराकोरम पर्वतमा ड्युटीमा रहेका पाँच चिनियाँ सैनिकको बलिदानीको सम्झना गरेको छ ।

उक्त झडपमा पीएलए शिनजियांग मिलिट्री कमाण्डका क्यूई फबाओ, चेन होंगुन, जियानगँन्ग, जिओ सियुआन र वांग ज़ुओरनको मृत्यु भएको हो । एकजनाको उद्धारको क्रममा खोलामा बगेर मृत्यु भएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *