विश्व

भारतका किसानद्वारा रेलको लिकमा बसेर विरोध प्रदर्शन

काठमाडौँ।भारतमा कृषि कानूनको विरोधमा विगत तीन महिनादेखि आन्दोलनरत किसानहरुले आज रेलको लिकमा बसेर विरोध प्रदर्शन गरेका छन । प्रर्दशनका कारण रेलको आवागमन प्रभावित भएको छ ।

आन्दोलनको नेतृत्व गरिरहेको किसान मोर्चाले पंजाबका कैयौँ क्षेत्रमा किसानहरु रेलको लिकमा बसिरहेको फोटो सार्वजनिक गरेको छ । किसान आन्दोलनकारीको कार्यक्रमलाई ध्यानमा राख्दै सरकारले दिल्ली, हरियाणा, उत्तर प्रदेश तथा पञ्जाबमा सुरक्षा बढाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *