विश्व

भारत बस दुर्घटना अपडेट : मृतकको संख्या ४२ पुग्यो, उद्धार जारी

काठमाडौँ। भारतको मध्य प्रदेशमा आज बिहान बस नहरमा खस्दा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

मध्य प्रदेशको सिधी जिल्लाको रामपुरस्थित ३० फिट गहिरो शर्दा नहरमा बस खसेको हो । हालसम्म नहरबाट ४२ जनाको शव निकालिएको बीबीसी हिन्दीले जनाएको छ ।

बसका यात्रुमध्ये ७ जनाको उद्धार गरिएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ ।यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएकाको परिवारलाई जनही दुई लाख भारु राहत दिने घोषणा गरेका छन् ।

उनले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन ।

जिल्ला प्रशासनले क्रेनको मद्दतले नहरमा डुबेको बस बाहिर निकालिएको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *