विश्व

जापानमा गएको ७ म्याग्निच्युडको भूकम्प

जापानमा शनिबार गएको ७ दशमलब एक म्याग्निच्युडको भूकम्प सन् २०११ को महाभूकम्पको पराकम्प भएको विज्ञहरुले बताएका छन्।जापानमा सन् २०११ मा ९ म्याग्निच्युडको महाभूकम्प गएको थियो।

त्यसबेला सुनामी र भवन भत्किँदा जापाना २० हजारको ज्यान गएको थियो।अधिकारीहरुका अनुसार शनिबारको ठूलो भूकम्पमा परेर हालसम्म कसैको हताहतीको खबर आएको छैन।

यद्यपी फुकुसिमा र मियागी क्षेत्रका ४८ जना घाइते भएको सीएनएनले जनाएको छ।दश वर्ष अगाडि पनि यही क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *