विश्व

अल्जेरियाका राष्ट्रपति घर फिर्ता

अल्जर्स । अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्किएका छन् ।

उपचारका लागि जर्मनी गएका राष्ट्रपति अडेल्माड्जीड शुक्रबार स्वादेश फर्किएका हुन् । उनलाइ सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनलाई ल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो । सो विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ । राष्ट्रपति अडेल्माड्जीड कोरोना भाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो । त्यसपछि उनलाई गतबर्षको डिसेम्बर २० तारिखकादिन स्वदेश ल्याइएको थियो ।

फेरी खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो । त्यसपछि अहिले फर्किए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *