विश्व

अमेरिकामा एकैपटक सय बढी सवारी दुर्घटना ९ जनाको मृत्यु (भिडियो)

अमेरिकाको टेक्सास राज्यको अन्तरराज्य सडकमा बिहीबार बिहान ६ बजेतिर सडकमा एक सयभन्दा बढी सवारी साधन आपसमा ठोक्किएका छन्।

दुर्घटनामा परी अहिलेसम्म ९ जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ। फोर्ट वर्थको इन्टरस्टेट ३५ वेस्टमा १३३ वटा कारहरू ठोकिएका थिए । लगभग एक माइल क्षेत्रमा एकपछि अर्को गाडी थुप्रिएका थिए ।

बरफका कारण सडक चिप्लो भएका कारणले दुर्घटना भएको हुन सक्ने बताइएको छ। फोर्ट वर्थ फायर डिपार्टमेन्टका अनुसार दुर्घटनामा १८ चक्के र कारहरू रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *