विश्व

चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने

कायरो, सिन्ह्वा । चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड–१९को खोप उपलब्ध गराउने भएको छ । इजिप्टको राजधानी कायरोमा रहेको चिनियाँ दूतावासले सोमबार सो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।

चीनले हालै मात्र सो कुराको घोषणा गरेको थियो । यससम्बन्धी थप कार्य इजिप्टको सरकारले अघि बढाउने निर्णयका आधारमा हुने पनि सो दूतावासले जनाएको छ ।

चीनले विश्वका १० वटा विकसित देशहरुलाई यो कोभिडको खोप उपलब्ध गराएको छ । त्यसैगरी विश्वका करिब ३८ वटा देशलाई कोभिड–१९को खोप खरिदका साथै अरु प्रकारहको सहायता पनि उपलब्ध गराएको बताइएको छ ।

चीनले कोभिड–१९ भ्याक्सिन ग्लोबल एक्सेस (कोभ्याक्स) कार्यक्रममा पनि सहभागिता जनाएको छ । यस सहायता कार्यक्रममार्फत् पनि चीनले करिब एक करोड डोज खोप सहायता दिने बताएको पनि समाचारमा जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *