उत्तर भारतमा हिमनदीमा हिजो आएको बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी बेपत्ता छन्।
उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको थियो।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले अहिलेसम्म ११ शव भेटिएको र २०३ जना हराइरहेको जानकारी दिएका छन्।
त्यहाँ राहत र उद्धारको कार्य जारी रहेको बीबीसी हिन्दीले जनाएको छ।




