इटालीमा गएको २४ घन्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४ सय २२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २ सय ४१ पुगेको छ ।
इटालीमा गत वर्षको फेब्रुअरीबाट कोरोना भाइरसको सङ्क्रमण देखा परेको सरकारी तथ्याङ्कले जानकारी दिएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमणको माहामरी सुरु भएयता हालसम्म २५ लाख ९७ हजार ४ सय ४६ जना कुल सङ्क्रमित भएका छन् ।
इटालीमा बुधबार १५ हजार ७ सय ४८ कोरोनाा मुक्त भएपछि कोभिड–१९ को संङ्क्रमण सुरु भएयता हालसम्म २० लाख ७६ हजार ९ सय २८ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।
बुधबार १३ हजार २ सय ७७ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखेपछि सक्रिय सङ्क्र्मितको संख्या ४ लाख ३० हजार २ सय ७७ रहेको जनाइएको छ ।




