विश्व

नाइजेरियामा सडक दुर्घटनाः चारको मृत्यु, ४३ घाइते

अबुजा । नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ ।

उक्त दुर्घटना ओयो ओग्बोमोशो राजमार्गमा भएको बताइएको छ । मानिस र जनावर बोकेको एक ट्रक सडकबाट खाडलमा खसेपछि सो घटना भएको थियो । यस दुर्घटनामा कम्तीमा १४ जनालाई सकुशल उद्धार गरिएको छ । प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान सुरु गरेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *