विश्व

म्यानमारमा सेनाले बन्द गरिदियो फेसबुक

म्यान्मारमा सत्ता कब्जा गरेको सेनाले बिहीबारदेखि फेसबुक बन्द गरेको छ।सेनाले सत्ता हातमा लिएलगत्तै त्यहाँ आन्दोलन चर्किन थालेपछि सामाजिक सञ्जालमा समेत बन्देज लगाएको हो।

म्यान्मारको यंगुन र अन्य शहरहरुमा मानिसहरु भाँडा ठटाउदै र गाडीका हर्न बजाउदै आन्दोलन चर्काउन थालेको अन्तर्राष्ट्रिय समाचारहरुमा जनाइएको छ।

त्यहाँको सूचनना तथा सञ्चार मन्त्रालयले आइतबारसम्म फेसबुक बन्द गरिने जानकारी दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *