विश्व

माल्दिभ्सले पनि दियो कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने अनुमति

माले । कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ ।

माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडिए)ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो ।

स्थानीय सञ्चार माध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचारअनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।

खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनु पर्ने बताएकाले आपतकालीन अवस्थाका लागिमात्रै स्वीकृति दिइएको एमएफडिएले जनाएको छ ।

त्यसैगरी १८ बर्षभन्दा कम उमेरका व्यक्ति र गर्भवती महिलालाई पनि यो खोप लगाउन नहुने चिकित्सकहरूले बताएका छन् ।

कोभिशिल्ड खोप लगाएका व्यक्तिमा फरक–फरक खालको अप्रत्यक्ष असरहरु देखिन सक्ने र यसबाट डराउन भने नपर्ने चिकित्सकहरुको भनाइ छ ।

माल्दिभ्सलाई यही जनवरी २० मा भारतले एक लाख खोप दिएको छ । भारतले अन्य छिमेकी देशहरुलाई पनि उच्च प्राथमिकताका साथ खोप सहयोग प्रदान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *