काठमाडौं । भारत र चीन विच सिक्किममा भिडन्त भएको छ ।३ दिन अघि सिक्किमको सिमावर्ती क्षेत्र नाकुलामा दुई देशका सेनाबीच भिडन्त भएको र त्यसमा दुवै तर्फका २० सैनिक घाइते भएको दावि भारतीय संचारमाध्यमहरुले गरेका छन् ।
घटनापछि दुवै देशका उच्च सैनिक नेतृत्वबीच १५ घण्टासम्म वैठक चलेको थियो । त्यसपछि भिडन्त रोकिएको छ । तर स्थिति अझै पनि तनावपूर्ण रहेको र दुवै तर्फका सैनिकहरु तम्तयार रहेको बताइएको छ ।
गत जुनमा लद्धाखको गलवान घाटीमा भएको चीनसंगको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यस क्षेत्रमा उत्पन्न विवाद समाधानको लागि अनेकौं पटक प्रयास भैरहे पनि सफल हुन सकेको छैन । त्यहां अहिले पनि तनाव कायमै रहेको बेला सिक्किममा भएको भिडन्तले स्थिति थप विग्रन सक्ने अनुमान गरिएको छ ।




