विश्व

भारतको कोरोना खोप निर्माता कम्पनि सीरम इन्स्टीट्युटमा आगलागी

काठमाडौँ । भारतको सीरम इन्स्टिच्युट अफ इण्डियाको पुणे प्लान्टमा आगलागी भएको छ । प्लान्टको टर्मिनल १ गेटमा आगो लागेको हो र आगो निभाउन दशवटा दमकलको आवश्यता परेको छ ।


इन्स्टीट्युटको भवनको चौथो र पाँचौं तलामा आगो लागेको कारण त्यहाँ नियन्त्रण पाउनको लागि दश वटा दमकल पुगेको थियो ।

अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोना खोप कोभीशिल्ड सीरम इन्स्टीट्युट अफ इन्डियाले पनि तयारी गरिरहेको छ ।

सीरम इन्स्टीट्युट अफ इन्डिया विश्व स्वास्थ्य संगठन द्वारा स्वीकृतिप्राप्त योजना हो । यसको उद्देश्य मध्यम आय भएका राष्ट्रमा खोप उपलब्ध गराउने रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *