विश्व

नर्वेमा फाइजरको कोभिड खोप लगाएपछि २९ जनाको मृत्यु

काठमाडौँ । भारत सहित विश्वका थुप्रै देशहरुले महामारीको अनत्य गर्नको लागि कोरोना विरुद्धको खोप अभियान चलाइएका छन् ।

नर्वेमा अंग्रेजी नयाँ वर्षको चार दिन पहिला फाइजरको खोप लगाउन शुरुवात गरिएको थियो ।

नर्वेमा खोप लगाएपछि अहिले सम्म २९ जनाको मृत्यु भएको छ र ७५ मानिस गम्भीर अवस्थामा छन् ।

पछिल्लो वर्ष डिसेम्बर २७ बाट खोप अभियान शुरुवात भएपछि नर्वेमा २५ हजार भन्दा धेरै मानिसले खोप लगाएका थिए । मृत्यु भएका मानिसहरु सबैलाई खोपको पहिलो डोज लगाइएको थिए र त्यसपछि उनीहरुको स्वास्थ्य बिग्रिदै गएको थियो ।

नर्वे सरकारको अनुसार, बिरामी भएका मानिस वृद्द अवस्थाका छन् । उमेर धेरै भएका मानिसको लागि खोपको कारण मृत्यु हुनसक्ने जोखिम अधिक हुन्छ ।

मृत्यु भएका २९ मानिस मध्ये १३ जनाको मृत्यु खोपको कारण भएको पुष्टि भएको छ भने अन्य मामिलाको जाँच भइरहेको छ ।

मृत्यु हुनेको उमेर ८० भन्दा बढी

नर्वेयिन मेडिसिन एजेन्सीको अनुसार, मृत्यु भएका मानिस, कमजोर, वृद्द तथा नर्सिंग होममा रहेका मानिस थिए र सबैजना ८० वर्ष भन्दा धेरै उमेरका थिए ।

त्यस्तै शनिवार मृत्यु भएका छ जनाको उमेर करिब ७५ वर्ष थियो । उनीहरुले खोप लगाएपछि हुने ज्वोरो र अनिन्द्राको साइड इफेक्टको सामना गर्नुपर्यो जसको कारण गम्भीर रुपले बिरामी भए । त्यसपछि उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।

यस संगै मानिसहरुले नर्वेको राष्ट्रिय खोप कार्यक्रममा कुन कुन उमेर समूहका मानिसलाई खोप लगाउने भन्ने प्रश्न गर्न थालेका छन् ।

नर्वेयिन मेडिसिन एजेन्सी (एनएमए) को अनुसार, फाइजर बायोएनटेकको खोप नर्वेमा उपलब्ध एक मात्र खोप हो र मृत्यु भएकाहरुको यसै खोप संग प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छ ।

एनएमएको अनुसार १३ जना मृतकको नतिजा प्राप्त भइसकेको छ भने उनीहरुको खोपको साइड इफेक्टको कारण भएको ज्वरो र वृद्ध मानिसलाई भएको गम्भीर रियाक्सनको कारण मृत्यु भएको पत्ता लागेको छ ।

त्यस्तै १६ जनाको रिपोर्ट आउन अझ बाँकी छ । प्रायजसो मानिसमा खोपको साइड इफेक्टको रुपमा ज्वोरो आउने तथा उल्टी हुने भएकोले उनीहरुको अवस्था गम्भीर छ ।

फाइजरको खोपमा प्रश्न उठाएपछि कम्पनीले बायोएनटेक र एनआईपीएचले अनुसन्धान गरिरहेको बताएको छ ।

नर्वेमा अहिले सम्म साना बालबालिका र स्वास्थ्य मानिसलाई खोप लगाउन भनिएको छैन ।

नर्वेयिन इन्स्टीट्युट अफ पब्लिक हेल्थको अनुसार, वृद्ध मानिसको जीवनको केहि समय मात्र बचेको हुन्छ र यस्तो समयमा खोपको लाभ निकै कम हुने सम्भावना हुन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *